Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 408
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    उपराष्ट्रपति यादव र राजदूत श्रीवास्तवबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको हो ।



    भेटमा परस्पर शुभकामना आदान–प्रदानपछि दुई मुलुकको सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुलगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।



    उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहार्द्रता, मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं बृहत् सम्बन्ध रहेको बताए ।

    उनले नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले हामीबीच आदानप्रदान भएका दीर्घकालीन ऊर्जा व्यापार लगायतका सम्झौताहरू हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

    भारतका राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको जनाउँदै भारत संधै नेपालको विकास यात्रामा सहयोगी रहेको र अगामी दिनहरुमा पनि रहिरहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार