Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय राजदूत श्रीवास्तवले भने – सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो

    भारतीय राजदूत श्रीवास्तवले भने – सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 495
    SHARES

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्।

    नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् ।



    राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे ।



    राजदूत श्रीवास्तवले भने,‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो।यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए।

    श्रीवास्तवले नेपाल-भारतबीच सम्बन्ध मौलिक रहेको चर्चा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार