Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतद्वारा नेपाललाई दुई सय सवारीसाधन उपहारस्वरूप प्रदान

    भारतद्वारा नेपाललाई दुई सय सवारीसाधन उपहारस्वरूप प्रदान

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 819
    SHARES

    काठमाडौं । निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई उपहारस्वरूप दुई सय सवारीसाधन प्रदान गरेको छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन् ।



    यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने विश्वास भारतकाे छ ।



    नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।

    अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए ।

    नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २० हजार र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २ हजार ४ सय भन्दा बढी सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार