Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करीमा नाम जोडिएपछि राहुल महराले भने – कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन

    सुन तस्करीमा नाम जोडिएपछि राहुल महराले भने – कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 882
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा नाम मुछिएपछि नेकपा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै राहुलले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा आपत्ति र दुख व्यक्त गरेका हुन् ।



    राहुलले लेखेका छन्,’हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं। संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ । हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।’



    राहुलले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाए । सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन सिध्याउने प्रयास भएको उनको आरोप छ ।

    कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।

    राहुलले राज्यको निकायले अनुसन्धान गरिरहेको पूर्ण रुपमा सहयोग गर्ने बताउँदै प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार