Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन प्रकरणबारे माओवादी उपाध्यक्ष महराको प्रश्न – अनुसन्धानका लागि सरकारले बेलाउँदैन त के गर्नु ?

    सुन प्रकरणबारे माओवादी उपाध्यक्ष महराको प्रश्न – अनुसन्धानका लागि सरकारले बेलाउँदैन त के गर्नु ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 819
    SHARES

    फाइल तस्विर

    दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको आरोप लगाएका छन् ।

    दाङमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष महराले आफुबारे सञ्चार माध्यममा गलत प्रचार भएको बताएका हुन् । उपाध्यक्ष महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताए ।



    उपाध्यक्ष महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताए।



    उपाध्यक्ष महराले भने,‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु?’

    उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए ।

    त्यसबाहेक उनलाई आफूले नचिनेको उपाध्यक्ष महराको भनाइ छ । उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार