Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

    करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 786
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर भीमदत्त नगरपालिका १० का ३६ वर्षीय दिनेश वडको मृत्यु भएको हो ।

    पसलमा सामान खरिद गर्न पुगेका वड नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    करेन्ट लागे लगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो।



    विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् ।

    यस्तो लापरबाही गर्ने कर्मचारीलाई कारबाही तथा मृतकको परिवारलाई क्षतिपूर्तिको माग राखेका छन् ।

    अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका ५ सुखासालमा सडक अवरुद्ध गरिएको छ ।

    मृतकका आफन्तले क्षतिपूर्ति नपाउँदा सम्म शव नबुझ्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार