Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्नेछौं : कप्तान पौडेल

    एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्नेछौं : कप्तान पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले एसिया कप खेल्नका लागि नेपाली टीम तयार रहेको बताएका छन् ।

    नेपाल क्रिकेट संघले खेलाडीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै कप्तान पौडेलले भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्ने टीम तयार रहेको बताएका हुन् ।



    उनले नतिजा आफ्नो हातमा नरहे पनि मैदानमा सतप्रतिशत प्रयास गर्ने बताए ।



    कप्तान पौडेलले भने,‘धेरै समयदेखिको सपना साकार हुँदैछ । सबैजना तयार छन् । खेलको मजा लिनेछौं । रिजल्ट हाम्रो कन्ट्रोलमा छैन, तर प्रोसेस कन्ट्रोलमा छ । खेलाडीहरुले आआफ्नो कमजोरीमा सुधार गरेका छन् । त्यसैले त्यो दिन बेस्ट क्रिकेट कसरी दिन सकिन्छ भन्नेमा फोकस्ड छौं।’

    कप्तान पौडेलले आफूहरु भारत-पाकिस्तानसँग खेल्न तयार भएको उल्लेख गरे । उनले विश्वकप क्वालिफायरमा वेस्ट इन्डिज र जिम्बाबेसँग खेलेको अनुभव एसिया कपमा काम लाग्ने आशा व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार