Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सरकारले घोषणा गरेको पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

    सरकारले घोषणा गरेको पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म हात नपरेको बताएका छन् ।

    एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार भएको बिदाइ कार्यक्रमपछि बोल्दै कप्तान रोहितले यस्तो बताएका हुन् ।



    २८ भदौमा एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ भदौमा बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका थिए ।



    तर पनि अहिलेसम्म पुरस्कार रकम हात नपरेको कप्तान पौडेलले बताए ।

    उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’

    कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए।

    पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिँदै प्रतिव्यक्ति १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार