Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारत र पाकिस्तानसामु चुनौतीपूर्ण खेल पस्किन्छौँ, नेपालमा हामीबाट ठूलो अपेक्षा छ : कप्तान पौडेल

    भारत र पाकिस्तानसामु चुनौतीपूर्ण खेल पस्किन्छौँ, नेपालमा हामीबाट ठूलो अपेक्षा छ : कप्तान पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तान दुवैसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन् ।

    प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले यस्तो बताएका हुन् । उनले एसिया कप नेपालका लागि विशेष अवसर भएको पनि बताए ।



    पहिलोपटक एसिया कप खेल्न लागेको बताउँदै पौडेलले नेपालका लागि पाकिस्तानसँगको प्रतिस्पर्धा ठूलो उपलब्धि भएको बताए। कप्तान पौडेलले सबै नेपालीबाट टिमप्रति ठूलो अपेक्षा रहेको बताए ।



    नेपाल र पाकिस्तानको टिमबीच अनुभवमात्र फरक भएको उनको भनाई छ । बुधबार नेपालले पाकिस्तानसँग एसिया कप खेल्दैछ। एसिया कपका लागि नेपाल गत मंगलबार पाकिस्तान पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार