Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सरकारले क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ : कप्तान पौडेल

    सरकारले क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ : कप्तान पौडेल

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अब सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका छन् ।

    एसिया कपमा सहभागी भएर स्वदेश फर्किएपछि विमानस्थलमा बोल्दै कप्तान पौडेलले यस्तो बताएका हुन् ।



    पौडेलले अब ‘हाइ टाइम’ भइसकेकाले सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए।एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने उनको भनाइ थियो।



    भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र खेलबाट खेलाडीले धेरै कुरा सिकेको पनि उनले बताए सरकार र निजी निकायहरूले खेलाडीहरुमा लगानी बढाउन आवश्यक रहेको धारणा उनले राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार