Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरी स्कुलमा कार्यरत शिक्षिका मृत फेला, स्ववियु सभापति पक्राउ

    प्रहरी स्कुलमा कार्यरत शिक्षिका मृत फेला, स्ववियु सभापति पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 4K
    SHARES

    कैलाली । कैलालीको धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत शिक्षिका मृत फेला परेकी छिन् । दार्चुलाको मार्मा गाउँपालिका–६ की २२ वर्षीया राजेश्वरी डडाल बिहीबार मृत फेला परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजो मृत फेला परेकी थिइन् । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।



    मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक डडालले ‘सुसाइड नोट’ समेत लेखेर छोडेको भेटिएको बताइएको छ ।



    डडाल र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार