Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भ्रष्टाचारमा लिप्त जनप्रतिनिधि धमाधम अख्तियारको फन्दामा

    भ्रष्टाचारमा लिप्त जनप्रतिनिधि धमाधम अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई एक पछि अर्को गर्दै नियन्त्रणमा लिने क्रम जारी राखेको छ । गाउपालिकाका अध्यक्षहरु नै एकपछि अर्को गर्दै रंगेहात तथा घुस लिएपछि पक्राउ परिरहेका छन् ।

    जनताको घरदैलाको सरकारका रुपमा लिइने स्थानीय तहमा जनप्रतिनिधिहरु भ्रष्टाचारमा संलग्न भएको उजुरी बढेसंगै आयोगले त्यसको अनुसन्धान गरी भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिन थालेको हो ।



    स्थानीय तहमा हुने गरेका रकम हिनामिना, भ्रष्टाचारको विषयमा धमाधम उजुरी पर्दै आएको स्थितिमा आयोगले अनुसन्धान गर्दै त्यस्ता कार्यमा संलग्न जनप्रतिनिधिहरुलाई सोधपुछ गर्नेदेखि विशेष अदालतमा मुद्दा दायर गर्नेसम्मका कार्यलाई तीब्रता दिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।



    आयोगले गत बुधबार सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार