Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • केही नेपाल ऐन संशोधन विधेयक सांसदहरुलाई पढ्न समेत दिइएन : सोविता गौतम

    केही नेपाल ऐन संशोधन विधेयक सांसदहरुलाई पढ्न समेत दिइएन : सोविता गौतम

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० सांसदहरुलाई पढ्ने मौका समेत नदिइ सरकारले संसदमा पेश गरेको बताएकी छन् ।

    मंगलबार उक्त विधेयकमाथि छलफलमा भाग लिँदै उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई खिचडीजस्तो बनाएको पनि टिप्पणी गरेकी गरेकी छन् ।



    गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छन् ।



    सांसद गौतमले भनिन्–‘यसमा तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित गरिएको छ । ८१ वटा ऐनहरु कसरी पढेर, संशोधन गरेर यो ७२ घण्टाभित्र संशोधन प्रश्ताव दर्ता गर्ने हामीलाई थाहा छैन, विभिन्न मन्त्रीजीहरुले मन्त्रालय अनुसार अलगअलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रस्तुत गरिएको छ ।’

    यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कस्ताकस्ता मस्यौंदा राख्ने भनेर सरकारलाई समेत थाहा नभएको उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार