Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनको मूल्य १ लाख १२ हजार माथि उक्लिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।



    आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



    बुधबार एक लाख १२ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

    यस्तै, हिजो १४ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार