Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि, कतिसम्म दिने आवेदन

    सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि, कतिसम्म दिने आवेदन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 990
    SHARES

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको छ। कम्पनीले १५ भदौ शुक्रबारदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन खुला गरेको हो ।

    कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कूल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको छ।



    इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।



    जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्कासन गरिसकेको छ ।

    त्यस्तै, सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्तालाई आवेदन माग गरेको हो । इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताहरुले १९ भदौसम्म आवेदन दिन सक्नेछन् ।

    उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि २९ भदौसम्म थप हुनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूआर रेटिङ त्रिपल बी’ प्रदान गरेको छ ।

    यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार