Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पार्टी नेतृत्व तत्काल परिवर्तन नहुने एमाले उपाध्यक्ष पौडेलको दाबी

    पार्टी नेतृत्व तत्काल परिवर्तन नहुने एमाले उपाध्यक्ष पौडेलको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1K
    SHARES

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी नेतृत्व तत्काल परिवर्तन नहुने बताएका छन् ।

    उपाध्यक्ष पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गरेका हुन् ।



    उनले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरुबाट तत्काल हुन नसक्ने बताए ।



    अहिले विभिन्न कोणबाट नेतृत्वको विषय उठाएर एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई सिंगो एमालेले पानीको फोकाजस्तै बनाइदिने उनले बताए ।

    एमाले जिवन्त पार्टी भएको र जिवन्त पार्टीमा गुट र पार्टीसँगै अघि बढ्न नसक्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार