Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चट्याङ लागेर गुल्मीमा घर्तीको मृत्यु

    चट्याङ लागेर गुल्मीमा घर्तीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 915
    SHARES

    फाइल तस्विर

    गुल्मी । चट्याङ लागेर गुल्मीमा एक पुरुषको मृत्यु भएको छ।

    मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको हो ।



    शनिबार साँझ साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो।



    बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो। चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    मृतकको शव गुल्मी अस्पतालमा पोष्टमार्टम हुँदैछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार