Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राजविराजबाट मधेश प्रदेशका सासंद अनिरुद्धकुमार पक्राउ

    राजविराजबाट मधेश प्रदेशका सासंद अनिरुद्धकुमार पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.3K
    SHARES

    सप्तरी । मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई आज राजविराजबाट पक्राउ गरेको हो ।



    प्रदेशसभा सदस्य सिंहमाथि मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेको छ । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् ।



    पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरेर म्याद थप गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

    विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२)बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार