Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विद्युतीय धरापमा परेर महिलाको मृत्यु, एकजना पक्राउ

    विद्युतीय धरापमा परेर महिलाको मृत्यु, एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.2K
    SHARES

    धनगढी । विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् ।



    विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।



    जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको बताइएको छ । प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार