Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जंगली बँदेललाई थापेको विद्युतीय धरापमा परी दाजुभाइको मृत्यु

    जंगली बँदेललाई थापेको विद्युतीय धरापमा परी दाजुभाइको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीमा विद्युतीय धरापमा परी दाजुभाइको ज्यान गएको छ। जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन्। उनीहरू सहोदर दाजुभाइ हुन्।

    बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।



    आझाका अनुसार जंगली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको र बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको हो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार