Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मानव तस्करी गर्ने गिरोहका नाइके गौतम प्रहरी फन्दामा

    मानव तस्करी गर्ने गिरोहका नाइके गौतम प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई पक्राउ गरेको हो।



    गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारत हुँदै नेपाल आउने क्रममा भैरहवाबाट पक्राउ गरेको थियो ।



    पक्राउ परेका गौतमविरुद्ध प्रहरीले मानव बेचबिखत तथा ओसारपसारका साथै संगठित अपराधको कसुर पनि लगाएको छ ।

    पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गर्दै दुई सय जनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार