Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ

    नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 393
    SHARES

    काठमाडौं । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौंको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् ।



    २६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।



    तारकेश्वर नगरपालिका–११ स्थित हिलेटोलमा युना खाजाघर सञ्चालन गरेर उनले वेश्यावृत्ति गराएको आरोप छ ।

    खाजा घरबाट दुई जना नाबालिगसहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ ।

    आरोपीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार