Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मःम पसलमा काम लगाइदिन्छु भन्दै मिर्गौला बेचबिखन, काठमाडौंबाट हरि पक्राउ

    मःम पसलमा काम लगाइदिन्छु भन्दै मिर्गौला बेचबिखन, काठमाडौंबाट हरि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 666
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नुवाकोट बेलकोटगढी नगरपालिका-१३ का ४३ वर्षीय हरि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।



    दर्जीले भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रुपैयाँ तलबमा काममा लगाइदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट भारत कलकत्ता पुर्‍याई पीडितलाई झुक्याई अस्पताल लगी बेहोस पारी मानव अङ्ग मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेका थिए।



    त्यसयता फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

    उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार