Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाली युवती लगेर दिल्लीमा यौन व्यवसाय संञ्चालन गर्ने दम्पती पक्राउ

    नेपाली युवती लगेर दिल्लीमा यौन व्यवसाय संञ्चालन गर्ने दम्पती पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 459
    SHARES

    काठमाडौं । भारतको दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्याङ्जास्थित गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती टिका कुमारी वली रहेकी छन् ।



    उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट नियन्त्रणमा लिएको हो ।



    भण्डारी दम्पतीले दिल्लीका विभिन्न होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपाली युवतीलाई भारत पुर्‍याई आफ्नो अपार्टमेन्टमा राखेर वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

    भण्डारी दम्पतीले दिल्लीस्थित किशनगढमा अपार्टमेन्ट भाडामा लिएका थिए । भण्डारीले भाडाको अपार्टमेन्टमा खाने, बस्ने व्यवस्था समेत मिलाई वेबसाइटमार्फत विज्ञापन गरेर अनलाइनमार्फत वेश्यावृत्तिको र्‍याकेट चलाउँदै आएको दाबी ब्यूरोको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार