Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने कविता पक्राउ

    म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने कविता पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोले म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरूङ रहेकी छन् । थाइल्यान्डमा अंग्रेजी टाइपिङको काम हुने र मासिक एक लाख बढी कमाइ हुने, खाने बस्ने व्यवस्था हुने भन्दै दुई जनालाई झुक्याएर म्यानमारसम्म पुर्‍याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



    दुई जना पीडितलाई बिजनेस भिसामा म्यानमारको म्यावडीस्थित चिनियाँहरूले सञ्चालन गर्ने कम्पनीमा पुर्‍याएको पाइएको हो। त्‍यसबापत गुरूङले दुई लाख ६० हजार रुपैयाँ समेत लिएको अनुसन्धानबाट खुलेको छ।



    कम्पनीमा कामदारहरूले अमेरिकी नागरिकहरूलाई ठगेर पैसा असुली गर्ने काम दिने गरेको प्रहरीले जनाएको छ। क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाउने, लभ ट्र्यापमा पारेर पैसा असुली गर्ने जस्ता कामहरू गर्न लगाएको पाइएको छ।

    यसरी काम गर्दा लक्ष्यअनुसारको पैसा असुली गर्न नसकेमा यातना दिने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ। कतिपयलाई करेन्ट समेत लगाउने गरेको पाइएको छ। त्यहाँबाट फर्किन खोज्दा पनि चिनियाँहरूले ८-९ लाख रुपैयाँ तिर्न बाध्य बनाएको ब्युरोले जनाएको छ।

    पक्राउ परेकी कवितामाथि अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। गत शुक्रबार मात्रै ब्युरोले यसमा संलग्न एक पुरूषलाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार