Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • जी–२० शिखर सम्मेलन आजबाट नयाँ दिल्लीमा सुरु हुँदै

    जी–२० शिखर सम्मेलन आजबाट नयाँ दिल्लीमा सुरु हुँदै

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 675
    SHARES

    एजेन्सी । युरोपेली संघसहित ठूलो अर्थतन्त्र भएका १९ देशको अन्तर–सरकारी मञ्च जी–२० शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

    सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार नै दिल्ली पुगिसकेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोसहितका नेताहरु पनि नयाँ दिल्ली पुगेका छन् ।



    यो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने भएका छन्।



    सम्मेलनमा जलवायु परिवर्तन, रुस–युक्रेन युद्ध, विश्व आर्थिक मन्दी, दिगो विकास, रोजगारी सिर्जना लगायतका विभिन्न विषयमा छलफल गर्ने तयारी छ । जी–२० शिखर सम्मेलनका लागि दिल्लीमा झण्डै एक महिनादेखि मञ्च निर्माण, सुरक्षा व्यवस्थापन, सरसफाइलगायत काम भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार