Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • जी–२० शिखर सम्मेलन : भारतले बंगलादेशलाई आमन्त्रण गर्दा नेपाललाई किन बेवास्ता ?

    जी–२० शिखर सम्मेलन : भारतले बंगलादेशलाई आमन्त्रण गर्दा नेपाललाई किन बेवास्ता ?

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 729
    SHARES

    काठमाडौं । संसारका प्रमुख देशका नेता जम्मा हुने ‘जी–२०’ शिखर सम्मेलनमा अध्यक्ष राष्ट्र भारतले छिमेकी मुलुक बंगलादेशलाई आमन्त्रण गर्दा नेपाललाई भने छुटाएको छ ।

    नेपाल र भारतबिच पछिल्लो समय सम्बन्धमा सुधार आएको भनिए पनि वास्तविकरूपमा अझै भारत नेपालसँग असन्तुष्ट नै रहेको सन्देश भारतले दिन खोजेको छ । नेपालको राजनीतिलाई पटकपटक तौलँदै आएको भारतले ‘जी–२०’ शिखर सम्मेलनमा आमन्त्रण नगर्नुले नेपालसँगको सम्बन्ध शुभ नरहेको कूटनीतिक विश्लेशकले अर्थाएका छन् ।



    विश्व राजनीतिलाई प्रभाव पार्ने ठुला राष्ट्रको शिखर सम्मेलनमा नेपाललाई नबोलाउनुमा केही समयअघि देखि नेपालसँग विगतमा चिसिएको सम्बन्धमा अझै सुधार नआएको संकेतका रूपमा बुझ्न सकिन्छ । भारतको बंगलादेशसँग डेढ दशकयतादेखि यता मित्रवत र हार्दिक सम्बन्धका कारण ‘जी–२०’ शिखर सम्मेलनमा बंगलादेश प्राथमिकतामा पर्दा नेपाल पर्न सकेन । बंगलादेशमा राजनीतिक र नीतिगत स्थिरता छ ।



    यही कारण भारतले बंगलादेशलाई जी–२० सम्मेलनमा बोलाएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासिलो मित्रका रूपमा लिने गर्छन् । तर, नेपालको राजनीतिक अस्थिरता र नेताप्रति मोदीले खुलेर विश्वास गरेको पाइँदैन । नेपाल–भारत सीमा समस्याको तिक्तताका कारण चिसिएको सम्बन्धमा अझै सुधार आउन नसकेको बुझ्न सकिन्छ ।

    ‘जी–२०’ शिखर सम्मेलनको अहिलेको जल्दोबल्दो मूल मुद्दा जलवायु परिवर्तन पनि हो । जलवायु परिवर्तनको असर र त्यसको प्रभाव नेपालजस्तो मुलुकमा धेरै पर्ने गरेको छ । यो विषयमा फन्ड र टेक्नोलोजी ट्रान्सफरजस्ता विषयले नेपालका लागि ठुलो अर्थ राख्छ । त्यसैले पनि महत्वपूर्ण मानिन्छ । यसपटक अध्यक्षको हैसियतबाट भारतले बांलादेश, इजिप्ट, मरिसस, नेदरल्यान्ड, नाइजेरिया, ओमन, सिंगापुर, स्पेन र संयुक्त अरब इमिरेट्सलाई पाहुनाका रूपमा निम्त्याएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार