Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जी–२० मा पुटिनको अनुपस्थितिलेके फरक पार्छ ?

    जी–२० मा पुटिनको अनुपस्थितिलेके फरक पार्छ ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 747
    SHARES

    एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इन्डोनेसियाको बाली सहरमा चलिरहेको जी–२०नेताहरूको बैठकमा भाग नलिने निर्णय गरेका छन् । तर, उनको अनुपस्थितिमा पनि युक्रेन विरुद्ध रुसको युद्धको मुद्दा बैठकको शीर्ष एजेन्डा हुनेमा कुनै शंका छैन। जुन मुद्दाले विश्वका ठूला आर्थिक शक्तिहरूलाई विभाजित गरेको छ र विश्वसामु ठूलो संकट खडा गरेको छ ।

    विश्वका धेरै शक्तिशाली राष्ट्रका प्रमुखहरु बाली पुगिसकेका छन् र उनीहरुसँग धेरै विषयमा छलफल गर्न बाँकी छ । आठ महिनादेखि चलिरहेको रुस र युक्रेनबीचको युद्धको अन्त्य कसरी गर्ने भन्ने ठूलो प्रश्न छ । मुद्रास्फीति, बेरोजगारी, खाद्यान्न र ऊर्जाको अभाव पनि विश्वभरका महत्वपूर्ण विषय हुन् ।



    विश्वका २० ठूला देशको संगठन जी–२० लाई अहिलेको युगमा सबैभन्दा प्रभावकारी र प्रभावशाली फोरम भन्न सकिन्छ । विश्वका ठूला आर्थिक र सैन्य महाशक्तिहरू सहभागी फोरम हो यो ।



    यस फोरममा सामेल राष्ट्रहरूले विश्वको कुल कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ८५ प्रतिशत हिस्सा ओगटेका छन् । यी देशहरूले विश्वव्यापी व्यापारको तीन-चौथाई भन्दा बढी हिस्सा ओगटेका छन् र विश्वको जनसंख्याको 66% भन्दा बढी प्रतिनिधित्व गर्दछ। चीन र भारत संसारको सबैभन्दा बढी जनसंख्या भएका देशहरू हुन्, यी दुवै देशले पूर्वी युक्रेनमा रुसको आक्रमणको खुलेर निन्दा गरेका छैनन्।

    यति मात्र होइन अन्य धेरै जी–२० सदस्य साउदी अरब, दक्षिण अफ्रिका र टर्कीले पनि युक्रेनमा भएको आक्रमणमा रुसलाई पाठ सिकाउन पश्चिमी देशहरूको मागको विरोध गरेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार