Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • जी–२० सम्मेलनमा विश्व नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत

    जी–२० सम्मेलनमा विश्व नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 918
    SHARES

    काठमाडौं । जी–२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएका छन् । आजको सम्मेलनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी गराएका हुन् ।

    जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो ।



    शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली देशहरु रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन् । चीनले रुस–युक्रेन युद्धको विरोध गरेको छैन ।



    जी–२० देशहरुको विश्वको अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो । विश्वको कुल जनसंख्या मध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन् ।

    १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार