Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मोदीलाई पुटिनको फोन – जी–२० मा म भारत आउँदिनँ

    मोदीलाई पुटिनको फोन – जी–२० मा म भारत आउँदिनँ

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    एजेनसी । विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी–२० को आगामी महिना भारतको नयाँदिल्लीमा हुने शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।

    पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर विश्वका प्रमुख २० अर्थतन्त्रहरूको समूह जी–२० को सम्मेलनमा सहभागी नहुने बताएका हुन् । आउँदो महिना सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलन हुँदैछ ।



    उनले प्रधानमन्त्री मोदीलाई फोन गरेर विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो तर्फबाट शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।



    यसअघि रुसी सरकारका प्रवक्ताले व्यस्त कार्यतालिका भएकाले राष्ट्रपति पुटिन जी २० शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार