Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खैरो हेरोइनसहित मोरङबाट दुई जना पक्राउ

    खैरो हेरोइनसहित मोरङबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 543
    SHARES

    मोरङ । मोरङ प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बेलबारी नगरपालिका-८ का २६ वर्षीय सन्दीप कार्की र पथरीशनिश्चरे नगरपालिका-८ का १९ वर्षीय पर्वत लिम्बू रहेका छन् ।



    उनीहरुलाई मोरङको रंगेली नगरपालिका-४ चोप्राहबाट प्रदेश १-०२-०४१ प ४८२५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका लिम्बूको साथबाट १ हजार ३ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

    कार्की र लिम्बूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरुले भारतबाट खरिद गरी लागूऔषध लिएर आएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार