Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जोकोभिचलाई कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि

    जोकोभिचलाई कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 519
    SHARES

    काठमाडौं । सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि जितेका छन् ।

    सोमबार विहान न्युयोर्कमा सम्पन्न युएस ‌ओपनको पुरुष एकलको फाइनलमा ड्यानिल मेदवेदेवलाई पराजित गर्दै जोकोभिचले कीर्तिमानी उपाधि जित्न सफल भएका हुन् ।



    ३६ वर्षीय जोकोभिचले ६-३, ७-६ (७-५) र ६-३ को सोझो सेटमा जित निकाल्दै उपाधि जित्न सफल भएका हुन्।



    यससँगै उनले सर्वाधिक ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको ५० वर्षको कीर्तिमान बराबरी गर्न सफल भए।

    दोस्रो वरीयताका जोकोभिचले २७ वर्षीय रसियन खेलाडी ड्यानिललाई हराएसँगै चौथो युएस ओपन जितेका हुन्।

    यसअघि विम्बल्डनको फाइनलमा स्पेनिस खेलाडी कार्लोस अल्कारेजसँग पराजित हुँदा जोकोभिचले कीर्तिमान बराबरी गर्न पाएका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार