Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ४४ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, डेढ करोडको कारोबार

    ४४ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, डेढ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ ।

    आज शेयर बजार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा कायम भएको हो । बजारमा कारोबार रकम भने एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ रह्यो ।



    सोमबार बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।



    होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुग्यो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेबलमा बढेको थियो ।

    सोमबारको बजारमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ, नेपाल बैंक डिबेञ्चर ८।५ र राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फण्डले धेरै गुमाउन पुगे । दोस्रो बजारमा साल्ट ट्रेडिङको सेयर सबै भन्दा धेरै कारोबार हुने कम्पनी रह्यो ।

    ६ करोड २५ लाख बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । दोस्रो धेरै कारोबार ५ करोड ७१ लाख बराबरको एभरेष्ट बैंंकको भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार