Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बिहीबार देशभर सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

    बिहीबार देशभर सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको हो ।

    मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।



    बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने गृहमन्त्रालयले जनाएको छ ।



    नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार