Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ईयूले टिकटकलाई तिरायो करोडौँ युरो जरिवाना, बालबालिकाको तथ्याङ्क चोरीको आरोप

    ईयूले टिकटकलाई तिरायो करोडौँ युरो जरिवाना, बालबालिकाको तथ्याङ्क चोरीको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । युरोपेली संघ (ईयू)को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।

    आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाएको जनाएको छ ।



    आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ ।



    ईयू सदस्य आयरल्यान्डको डीपीसीले समूहको सामान्य तथ्याङ्क सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार