Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारले नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० स्वीकृत गर्नेसहित विभिन्न २३ वटा निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।



    मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणसमेत स्वीकृत गरेको छ। सरकारले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।



    सरकारले दसैं, तिहार र छठलाई केन्द्रित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ ।

    बैठकले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरेको उनले बताइन् । त्यस्तै, नेपाल न्याय सेवा, न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका १३ अधिकृतहरूको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार