Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिल्म ‘हात्तीछाप’को फस्टलुक सार्वजनिक

    फिल्म ‘हात्तीछाप’को फस्टलुक सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । फिल्म ‘हात्तीछाप’ २६ माघबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ ।

    सौगातलाई फस्टलुकमा ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत देखाइएको छ । सिमोस सुनुवारको निर्देशन रहेको फिल्म वितरकसँगको सल्लाहा अनुसार माघको २६ गते ल्याउन लागिएको हो ।



    प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सौगातको अलवा दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।



    तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको हो ।

    फिल्ममा सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको छ । किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ ले बक्स अफिसमा हिट भएको थियो ।

    फिल्म ‘हात्तीछाप’ मा पनि ‘२ नम्बरी’ कै हिट टिम दोहोरिएको छ । दया र सौगात एकसाथ देखिँदा दर्शकलाई फिल्मप्रति उत्साह थपिने पक्का छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार