Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिल्म ‘दिमाग खराब’ को नयाँ गीत सार्वजनिक

    फिल्म ‘दिमाग खराब’ को नयाँ गीत सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दिमाग खराब’ को नयाँ गीत सार्वजनिक भएको छ ।

    फिल्मको ‘झम्के झम झम’ बोलको नयाँ गीत सार्वजनिक भएको हो। गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य देख्न सकिन्छ ।



    डान्सिङ शैलीमा तयार गीतमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल लगायत पनि देखिएका छन् ।



    बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर छ । गीतको कोरियोग्राफी भने शेखर घर्तीमगरले गरेका हुन् ।

    निश्चल बस्नेतको निर्देशन रहेको फिल्म सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

    आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत तथा रोहित शाक्यको ब्याक ग्राउन्ड स्कोर समेत फिल्ममा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार