Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन, हातले लेखेर सेवा दिदैँ कर्मचारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन, हातले लेखेर सेवा दिदैँ कर्मचारी

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर फेरि डाउन भएको छ ।

    मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन । सर्भर बिग्रिँदा तीन वटा उडानका सयौं यात्रुको उडानमा ढिलाइ भएको छ ।



    त्यस्तै, विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।



    सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् ।

    सर्भर बिग्रिएपछि अध्यागमन कार्यालयका कम्प्युटरबाट विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाइ भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार