Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुई क्विन्टल गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ

    दुई क्विन्टल गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । अवैध लागूऔषध गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका-७ का २५ वर्षीय सुरेन्द्र दास रहेका छन् ।



    महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो।



    बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्नेक्रममा गाडीभित्र लुकाइछिपाई राखिएको १४ वटा पोकामा २ सय १० किलो गाँजा बरामद भएको थियो।

    पिकअप भित्र गाडीको बिचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको बोतलले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार