Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मण्डनदेउपुरका कर्मचारीलाई आज ‘थकित बिदा’

    मण्डनदेउपुरका कर्मचारीलाई आज ‘थकित बिदा’

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधवार सूचना प्रकाशित गरी आज सार्वजनिक बिदा दिएको हो ।

    आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएका र आज एक दिन आरामका लागि ‘थकाइ’ बिदा दिइएको नगरपालिकाले जनाएको छ ।



    लगातार तीन दिन कर्मचारी तथा जनप्रतिनिधि व्यवस्थापनमा खटिएपछि थकित भएका कारण आज नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।



    नगरपालिका पुरानो कार्यालय भवनबाट नयाँ भवनमा सरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार