Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं महानगरभित्रका विद्यालयको स्थिति बुझ्न खटिए नगरप्रहरी

    काठमाडौं महानगरभित्रका विद्यालयको स्थिति बुझ्न खटिए नगरप्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएपछि नगरप्रहरीले अनुगमन थालेको छ ।

    शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे नगरप्रहरीले अनुगमन थालेको हो । काठमाडौं महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो ।



    महानगरको चेतावनीपछि पनि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि मेयर बालेन्द्र साह (बालेन)ले नगरप्रहरीको टोलीलाई विद्यालय अनुगमनमा खटाएको छ ।



    नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ ।

    काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने विहीबार चेतावनी दिएको थियो ।

    तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार