Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सल्यान जीप दुर्घटना : मृतक दुवै जनाको परिचय खुल्यो

    सल्यान जीप दुर्घटना : मृतक दुवै जनाको परिचय खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको पहिचान खुलेको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेका छन् । बुढा सवारी धनी हुन् भने घर्ती चालक रहेको खुलेको छ । उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो ।



    आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो।



    दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार