Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लागूऔषध चरेशसहित पर्साबाट एक जनालाई पक्राउ

    लागूऔषध चरेशसहित पर्साबाट एक जनालाई पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 270
    SHARES

    पर्सा । पर्सा प्रहरीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ छन् ।

    पर्साको जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।



    ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सूवर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेका श्रेष्ठलाई रोकेर खानतलासी गर्ने क्रममा मोटरसाइकलको पछाडि सिटबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरीले मोटरसाइकलसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रतिप्याकेट ५ सय ग्रामका दरले ६४ प्याकेटमा जम्मा ३२ किलो चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार