Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वीरगन्ज बाल सुधारगृहबाट दुई जना फरार

    वीरगन्ज बाल सुधारगृहबाट दुई जना फरार

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1K
    SHARES

    पर्सा । वीरगन्ज बाल सुधारगृहबाट दुई जना किशोर फरार भएका छन् ।

    वीरगन्ज महानगरपालिका- ४ वीर्तास्थित बाल सुधारगृहबाट आज बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त दुई जना किशोर फरार भएका हुन् ।



    फरार हुनेमा सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव रहेका छन् ।



    सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू गृहसँगै टाँसिएर रहेको मेडिकल क्लिनिको छतमा गइ त्यहाँबाट हाम फालेर भागेका हुन्।

    जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधारगृहबाट फरार भएका दुवैजनाको खोजी भइरहेको जनाएको छ ।

    उक्त बालसुधार गृहमा गत भदौ २६ गते बालबालिकाहरूबीच विवाद भइ झडप हुँदाा ३ प्रहरी र ११ जना बालक घाइते भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार