Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्थानीय तहका कर्मचारी नै एनजिओकर्मी तथा संस्था माफिया बनेर पालिकाहरूको करोडौँ बजेट लुट्दै

    स्थानीय तहका कर्मचारी नै एनजिओकर्मी तथा संस्था माफिया बनेर पालिकाहरूको करोडौँ बजेट लुट्दै

    प्रतिफल शून्य, अख्तियार मौन !

    धर्मेन्द्र प्रसाद यादव
  • आइतबार, ७ फाल्गुन २०७९
  • 1.9K
    SHARES

    वीरगन्ज । पर्साको केही स्थानीय तहका कर्मचारीहरू आफ्ना घरपरिवार तथा आफन्त आसेपासेको नाममा दर्जनौँ सामाजिक सङ्घसंस्था दर्ता गराइ सेटिङमा जिन्सीका समान खरिद र संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट लुट्ने गरेको खुलासा भएको छ ।

    पालिकाका कर्मचारीहरूले नेपाल सरकारको तलब बुझे पनि कर्मचारी सरह कुनै कामै नगरी जनप्रतिनिधिहरू सँग सेटिङ गरी एनजिओ तथा सङ्घसंस्थाका काम पहुँच र पैसाको बलमा निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, योजना र लेखापाल लगायतका कर्मचारीहरूलाई ६० प्रतिशत कमिसन बुझाउने देखी तरकारी किन्न र चियाँ पिउनसम्म खुसामत गरी संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू, जिन्सीका समान खरिद ,ठेक्का पटा जस्ता कार्यहरू हात पार्ने र कामै नगरी बिल भरपाई मिलाई पहुँच तथा कमिसनको भरमा पैसा निकासा गराई आतङ्क मच्चाउनुको साथै बर्सेनि लाखौँ लाख बराबरको राजश्व चोरी गरिरहेको खुलेको हो ।



    पालिका कर्मचारीमा नियुक्त रहे पनि गैरसरकारी संस्था खोलेर बसेका छन् । सरकारी कर्मचारीहरू नै सङ्घसंस्था खोलेर सामाजिक विकास कार्यक्रममा संलग्न हुँदा यस्ता कार्यमा भ्रष्टाचारको सीमा नाघेको छ । पालिकाका कर्मचारीले यसरी खुलेआम नीतिनियमविपरीत काम गरिरहेको भए पनि यसको नियन्त्रणका लागि कतैबाट पनि पहल भएको छैन ।



    पोखरिया नगरपालिकामा पोषण सहजकर्ता कर्मचारीमा नियुक्त रहेका ललन पटेल र पोखरिया नगरपालिका वडा नम्बर ९ मा सहायक सचिवमा कार्यरत रहेका भागवान साह कानु र धोबिनी गाउँपालिकामा सुब्बा पदमा कार्यरत रहेका प्रदीप गुप्ता पालिकामा सरकारी जागिर कर्मचारी नियुक्त रहे पनि एनजिओ, सङ्घसंस्था दर्ता गराइ पालिकाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू आफ्नै संस्थाको नाममा लिएर गर्ने तथा ठेक्कापट्टा गरिरहेको खुलेको छ ।

    विधि विधान, नियम कानुनको ठाडो उलङ्घन गर्दै पर्सामा करोडौँका एनजिओ तथा संघसंस्थाबाट हुने कार्यक्रम गर्छन् उनीहरू । स्थानीय तहका प्रमुख,उपप्रमुख,वडा अध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत , योजना प्रमुख , लेखापाल सरहको कर्मचारीहरूको घरघरमा रक्सी तथा मासु पुयाउने देखी मोटो रकमको थैली भेट गरेर कार्यक्रम आफ्ना सङ्घसंस्थाको नाममा हात पारेका कर्मचारीहरू एनजिओ तथा सङ्घसंस्था माफिया बनेर आफूलाई तिनै जनाले तिसमारखान बन्न खोजेको केही पालिकाहरूको कर्मचारी स्रोत बताउँछ ।

    चालु आव ९ महिनामा पर्साको अधिकांश स्थानीय तहहरूबाट करोडौँ करोडौँ बराबरको संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू ,जिन्सीका समान खरिद ,ठेक्कापट्टा लिई कतिको कामै नगरी बिल भरपाई मिलाई भुक्तानी लिइरहेको पर्साका केही स्थानीयहरूले उजागर गरेका छन् । कमिसन खाएर भ्रष्ट्राचार मग्न रहेका स्थानियतहका कर्मचारीहरूले कागजातहरूलाई बिना भेरिफाई गरी धमाधम भुक्तानी पनि दिइरहेका छन् ।

    कार्यक्रम प्रभावकारी हुनुपर्छ तर जिल्लको अधिकांश पालिकाहरूमा उनीहरूले कमिसन बुझाएर आफ्नो डिजाइनमा जिन्सीका समान खरिद ,ठेक्का पटा, संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिको आसेपासेहरूलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढङ्गबाट कागजमै सीमित हुने गरी कार्यक्रम गरेर पालिकाको लगानी बालुवामा पानी हाले सरह गरेको स्थानीयहरूको गुनासो छ ।

    भ्रष्टाचार गर्नमा माहिर रहेका ती तिनै जना कर्मचारी एवं एनजिओ तथा सङ्घसंस्थाका माफिया उनीहरूले अकुत सम्पत्ति आर्जन गर्न सफल भएका छन् । निकायले गम्भीरताका साथ छानबिन गरेमा उनले कतिको भ्रष्टाचार गरेका छन् भने सत्य तथ्य पता लगाउनका लागि उनको सम्पत्ति शुद्धीकरण गरियो भने सबै छर्लङ्ग हुने छ ।

    यस्ता झोले कर्मचारी तथा भ्रष्टहरूले गर्दा पर्साको अधिकांश राम्रो सङ्घ संस्थाहरूलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो सामाजिक विकास सम्बन्धी कामहरूको बदनामी भइरहेको छ । पर्साको केही पालिकामा सामाजिक विकास योजना फाट हेर्ने जिम्मा पाएका कर्मचारीहरूले सेटिङ मिलाउने देखि एनजिओ तथा सङ्घसंस्थाका एजेट सँग मिलेर सेयर हाली काम गरिरहेका छन् भने कतिले आफ्नो घरपरिवार आफन्त आसे पासेको नाममा सामाजिक संस्था दर्ता गरी कर्मचारी भए पनि आफैले काम गरिरहेका छन् ।

    पर्साका केही स्थानीय तहहरूमा एनजिओ तथा सङ्घसंस्थाका एजेन्ट सँग सेटिङ गरी संघसंस्थाबाट हुने सामाजिक विकास कार्यक्रमहरू हालेर पैसा कुम्ल्याउने होड, प्रतिफल शून्य,अख्तियार मौन !

    पर्सामा केही स्थानीय तहमा ती पालिका कर्मचारीहरूले जनप्रतिनिधिहरू सँग सेटिङ गरी एनजिओ तथा सङ्घसंस्थाका माफिया तिनै जनाले सामाजिक विकासका कार्यक्रमहरू कागजमा मात्रै तालिम देखाइ करोडौँ रकम हिनामिना गरिरहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन रहेको स्थानीयहरूको गुनासो छ ।

    पालिका कर्मचारी भनौँ या सङ्घसंस्था माफिया तिनै जनाले अख्तियारलाई समेत मिलाएर आफूहरूले काम गर्ने गरेको ढिढोरा पिट्दै हिँडेको स्थानीयहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार