Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खैरो हेरोइनसहित पर्साबाट ३ जना पक्राउ

    खैरो हेरोइनसहित पर्साबाट ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 441
    SHARES

    वीरगन्ज । लागूऔषध खैरो हेरोइनसहित पर्साबाट ३ जना पक्राउ परेका छन्।

    प्रहरी चौकी बसपार्क तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीको संयुक्त टोलीले १०० ग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा वीरगन्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका-५ बस्ने ३७ वर्षीय अवधेश प्रसाद पटेल रहेका छन् ।



    विशेष सूचनाका आधारमा चलाइएको छड्के जाँचका क्रममा वीरगन्ज महानगरपालिका १६ स्थित सडक खण्डबाट तीनै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    रामबली महतोको ज्याकेट खल्तीबाट ५० ग्राम र मनोहर महतोको खल्तीबाट ५० ग्राम खेरौ हेरोइन फेला परेको पर्सा हो ।

    पक्राउ परेका तिनै जनामाथि लागूऔषध सम्बन्धीको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

    लागूऔषधसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार