Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेशमा आज ‘मोहम्द डे’ को अवसरमा सार्वजनिक बिदा

    मधेशमा आज ‘मोहम्द डे’ को अवसरमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.1K
    SHARES

    जनकपुरधाम । मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    मुस्लिम धर्मावलम्बीले मनाउने पर्व पैगम्बर मोहम्मदको जन्मदिन (मोहम्मद डे) का अवसरमा प्रदेश सकारले बिहीबार सार्वजनिक बिदा दिएको हो।



    मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।



    ०७९ चैत ९ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार