Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्द्रजात्रा अवलोकन गर्न काठमाडौंमा विदेशी पाहुना

    इन्द्रजात्रा अवलोकन गर्न काठमाडौंमा विदेशी पाहुना

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् ।

    महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौं आएका हुन् ।



    इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनालाई महानगर प्रमुख मेयर बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्वागत गरेका छन् ।



    आन्तरिक भगिनी सम्बन्ध भएका शहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आएका छन् ।

    महानगरले मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार