Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजारमा सामान्य वृद्धि

    सेयर बजारमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।  ५.१९ अंकले बढेको बजार १९७६.२९ विन्दुमा रोकिएको हो ।

    सोमबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए पनि बजारमा ठूलो वृद्धि भने देखिएन ।



    सोमबार कुल २८६ धितोपत्रको ८५ हजार ५९१ वटा कारोबारबाट ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।



    सोमबार सीवाईसी नेपाल लघुवित्त, सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त र सामुदायिक लघुवित्तको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार